१० माघ, काठमाडौँ । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको तयारीका बारेमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका छन्। भारतीय पक्षको समेत सहमतिमै निर्वाचनको मिति घोषणा गर्न लागेका प्रचण्डले देशभित्रका सबै पक्षसँग छलफललाई तीव्र बनाएका हुन् । भारतले जेठ १५ को मितिमा निर्वाचन गर्ने ग्रिन सिग्नल दिएपछि प्रचण्ड यतिवेला कम्मर कसरे लागेका हुन् । प्रचण्ड मात्रै होइन भारतको सिग्नलपछि मधेसी दलका नेताहरु समेत अहिले चुनावी क्षेत्रमा खटिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले आज यादवसँग गरेको छलफलमा निर्वाचनका लागि सरकारले अवलम्बन गर्नुपर्ने नीति र आवश्यक कानुन तथा प्राविधिक तयारीका बारेमा कुराकानी गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्मा विचाराधीन विधेयकलाई पारित गराउने विषयमा आफूले विशेष पहल गरिरहेको जानकारी गराउँदै आयोगलाई आफ्नोतर्फबाट निर्वाचनको तयारी गर्न प्रमुख आयुक्त यादवलाई अनुरोध गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनका बारेमा प्रमुख तीन दलबीच सहमति भइसकेको, मधेस केन्द्रित दलसँग सहमति जुटाएर एकाध दिनभित्रै निर्वाचनको मिति घोषणा गरिने जानकारी गराउँदै प्रधानमन्त्रीले दाहालले कुनै पनि द्विविधा नराखी निर्वाचनको तयारी गर्न प्रमुख निर्वाचन आयुक्त यादवलाई आग्रह गरेका हुन्।
स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवेदन बुझाइसकेको र सरकार निर्वाचनका लागि आतुर रहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयनको पहिलो सर्त नै निर्वाचन भएको बताउनुभएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि १०० दिन आवश्यक रहेकाले सरकारले तत्काल निर्वाचन कानुन बनाउन आग्रह गरेका थिए












