१६ पुस, काठमाडौं । माओवादी केन्द्रका भ्रष्ट्र नेताका रुपमा परिचित टोपबहादुर रायमाझी यतिवेला गम्भीर टेन्सनमा परेका छन् । कारण हो उनी उर्जामन्त्री हुँदा लोडसेडिङका नाममा व्यापारीहरुबाट करोडौं कम्ल्याएका थिए । तर टोपबहादुरको यो खेललाई माओवादीभित्रकै जनार्दन शर्माले समाप्त पारिदिएपछि टोपबहादुर टेन्सनमा परेका हुन् । सर्वसाधारणलाई विजुली नदिएर इन्भर्टर तथा सोलार व्यापारीबाट करोडौं रकम लिएका टोपबहादुरलाई यतिवेला तिनै व्यापारीले टेन्सन दिन थालेका छन् । अर्कोतर्फ टोपबहादुरको चर्तिकला सतहमा आएकाले आगामी निर्वाचनमा आफूले हार्ने डरले पनि उनी डराइरहेका छन् । फलस्वरुप यतिवेला संविधान संशोधन प्रस्तावको समेत विपक्षमा उभिइरहेका छन् ।
आफूले लोडसेडिङ हटाउँदा आफ्नो पार्टीका कतिपय नेताहरु नै असन्तुष्ट रहेको तितो समेत उर्जामन्त्री जनार्दन शर्माले पाखेका छन् । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले टोपबहादुरको नाम नलिई उनीमाथि कडा प्रहार गरेका हुन् ।
हुन पनि हो लोडसेडिङ अन्त्य नगरे पनि प्रचारप्रसार र तामझामकै कारण एमालेबाट उर्जामन्त्री बनेको गोकर्ण विष्टले खुबै चर्चा पाएका थिए । विष्टले लोडसेडिङ हटाउने गरेको कसरतका कारण विष्ट स्वयम् र एमालेलाई राजनीतिक फाइदा समेत भएको थियो । तर यतिवेला एक्कासी लोडसेडिङ अन्त्य गर्ने आफू र त्यसबाट माओवादीको पक्षमा प्रचारप्रसार नभएकोमा शर्माले तितो समेत पोखे ।
आफूले ऊर्जा मन्त्रालयमार्फत गरेको जनमुखी कामको माओवादी पार्टीले स्वामित्व लिन नसकेको गुनासो उनले शनिबार पोखरामा गरे ।
माओवादीभित्र काम गर्नेको खेदो खन्ने प्रवृत्ति रहेको भन्दै उनले भने- ‘जनार्दनले क्रेडिट पाउँछ भन्ने आतंकले पार्टीकै कतिपय नेतालाई सताएको छ अनि कसरी बन्छ पार्टी ?’
पार्टीभित्र अवसरवादी र भ्रष्ट व्यक्तिका रुपमा टोपबहादुर रायमाझीको चर्चा हुने गरेको छ । भौतिक योजना मन्त्री बन्दा ठेकेदारसँग घूस लिनेदेखि उर्जामन्त्री बन्दा हाइड्रो संचालक एवम् उद्योगी व्यापारीसँग रकम असुल्नेमा रायमाझी वदनाम छन् । उर्जामन्त्री शर्माले तिनै रायमाझीप्रति लक्षित गर्दै आफूले लोडसेडिङ अन्त्य गर्दा माओवादी नेताहरु नै जलेको दावी गरे ।
माओवादीभित्र टोपबहादुर रायमाझी बाबुराम भट्टराई पक्षधर नेता थिए । तर, बाबुरामले नयाँ पार्टी खोले पनि रायमाझीले माओवादी पार्टीभित्र र सरकार बन्दा आकर्षक पदको वार्गेनिङ गरेरै प्रचण्डसँग बसिरहेका छन् । रायमाझीले करोडौं रकम खर्चेर खुमलटारमा आकर्षक घर किनेका छन् भने उनका छोराको विवाहमा पैसाको माला बनाएर लगाएको तस्वीरले पार्टीभित्रै पनि निक्कै आलोचना भएको थियो ।












