२८ पुस । टेस्टट्युब बेबीलाई जन्म दिने आइभिएफ प्रविधिबाट अन्य पुरुषको शुक्राणु प्रयोग गरी महिलाको गर्भाधारण गराउने आशंकालाई नेदरल्याण्डको एक आइभिएफ केन्द्रको घटनाले पुष्टि गरेको छ । युट्रेच विश्वविद्यालय मेडिकल सेन्टरले प्रक्रियागत अनियमितताका कारण आफ्नो सेवा लिने २६ महिलाहरुको गर्भाधान हुँदा गलत पुरुषको शुक्राणुले उनीहरुको बच्चा जन्मिएको भन्दै माफी मागेको हो ।
अप्रिल २०१५ र नोभेम्बर २०१६ को बीचमा भएको प्रक्रियागत त्रुटिका कारण यस्तो भएको सो केन्द्रले जनाएको छ ।
२६ दम्पत्ति जसले त्यस सेन्टरमा उपचार गराएका थिए । तीमध्ये आधा संख्याका महिलाहरुको गर्भधारण भएको थियो र उनीहरुका बच्चा समेत जन्मिसकेका छन् । मेडिकल सेन्टरले यसको सूचना ती व्यक्तिहरुलाई दिइसकेको उल्लेख गर्दै एक वयानमा भनेको छ – ‘युएमसीको बोर्डले ती दम्पत्तिहरुसँग माफी माग्छ कि उनीहरुलाई हामीले यो खबर दिनु परिरहेको छ ।’
यस वयानका अनुसार – ‘उर्वरणका क्रममा २६ जोडीको अण्डाणुको मेल उपचार गराई रहेका एक दम्पत्तिको शुक्राणुसँग भएको हुनसक्छ । यसकारण यो सम्भावना छ कि अण्डाणुको उर्वरण ती पुरुषको शुक्राणुसँग भएन जो बाबु बन्न चाहन्थे । तर, अन्य कुनै पुरुषको शुक्राणुसँग महिलाको अण्डाणुबीच संसर्ग अर्थात उर्वरण भयो ।’
मेडिकल सेन्टरले केही बच्न खोज्दै भनेको छ – ‘कि यो त्रुटिको सम्भावना कम छ तर पनि यसलाई इन्कार गर्न भने सकिँदैन ।’
सन् २०१२ मा सिंगापुरमा एक महिलाले एक क्लिनिकमाथि उनका पतिको शुक्राणुमा अज्ञात शंकास्पद शुक्राणु मिलाइदिएको भन्दै मुद्दा दायर गरेकी थिइन् ।
चिनियाँ मूलकी ती महिला तब चकित भएकी थिइन् जब आफ्नो बच्चाको छाला र कपालको रंग आफ्ना ककेसियन मूलका पतिको भन्दा फरक पाइन् ।
-बिबिसी











