९ पुस, काठमाडौं । क्रिस्चियन समुदायको बडा दिनका रुपमा मानिने क्रिसमसको दिनमा सरकारले सार्वजनिक दिने निर्णय गरेको छ । केपी ओली नेतृत्वको सरकारले क्रिसमसको विदा कटौती गरेकोमा यसपल्ट फेरि क्रिसमसमा विदा दिने निर्णय सरकारले गरेको हो । सरकारको मन्त्रीस्तरीय निर्णयबाट क्रिसमसमा विदा दिने निर्णय भएसँगै पुस १० गते आइतबार सबै सरकारी कार्यालय विदा हुने भएका हुन् । सरकारको यो निर्णयसँग अधिकांश निजी कार्यलयमा समेत विदा हुने छ ।
यसअघि राजपत्रमा प्रकाशित गरिएको सार्वजनिक विदा सूचीमा भने क्रिसमसको दिनमा क्रिस्चियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो ।
गृह मन्त्रालयले विज्ञप्ति निकालेर देशभर र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा समेत लागू हुने गरी विदा दिने निर्णय भएको जानकारी दिएको छ ।












