३ पुस, काठमाडौं। अन्तराष्ट्रिय बजारमा तेलको मूल घट्दा नेपालमा मूल्य नघटाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको सूचना पाउनेवित्तिकै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । महाघुसखोर कार्यकारी निर्देशक गोपाल खडकाले कच्चा तेलको मूल्य बढ्ने वित्तिकै नेपालमा पनि तेलको मूल्य बढाएर अर्को करोडौं कमाएको निगमको भित्री स्रोत बताउँछ ।
हाल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको जानकारी निगमका प्रवक्ता भानुभक्त खनालले दिएका छन् ।
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको बताए। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।
भारतीय आयल निगमले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य बढाएको तथा भारतीय स्थानीय निजी पम्पमा पनि खुद्रा मूल्य बढेकाले नेपालमा मूल्य बढाउनु परेको निगमको भनाइ छ ।












