२ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले भोल आइतबारदेखि अनलाइन सिस्टमबाटै वैदेशिक रोजगारीमा जानेको पूर्व श्रम स्वीकृतिको प्रक्रिया सुरुवात गर्ने भएको छ । म्यानपावरहरूले लिने पूर्व श्रम स्वीकृतिको अनलाइनबाट बुझ्न सुरु गर्ने विभागका काठमाडौं कार्रयालय प्रमुख कृष्ण दवाडी जानकारी दिए।विभागले ब्यवक्तगत श्रम स्वीकृति र रि-इन्ट्रीको आवेदनलाई माघदेखि अनलाइनमा लैजाने बताएको छ । अहिले संस्थागतमा मात्रै अनलाइमा लैजाँदा कामदारलाई खासै सुविधा पुग्ने छैन ।
ब्यक्तिगत अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई एउटै कामका लागि बारम्बार काठमाडौंको तहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा पुग्नुपर्ने छैन । श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ ।
विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ एर्फइआईएमएस नाम दिएको छ । यो सिस्टमबाट पहिलो चरणमा संस्थागत रुपमा विदेश जान लागेका युवाको कागजी दस्ताबेज अनलाइनमा लिइने छ ।
यो प्रक्रिया थालेपछि म्यानपावरले सीधै पूर्वश्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।














