२, मंसिर, नवलपरासी । नवलपरासीमा एमाले पार्टीको कार्यालय जलाएका मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले आज सोही जिल्लामा एमालेको झण्डा समेत जलाएका छन् । एमालेले गरेको बन्दको प्रतिकार गर्दै मोर्चाका कार्यकर्ताले एमालेको झण्डा जलाएर विरोध गरेका हुन् ।
नवलपरासीमा मधेसी मोर्चाका कार्यकर्ताले बन्दको प्रतिकार गर्दै एमाले पार्टीको झण्डा जलाएका छन् । शुक्रबारदेखि नेकपा एमालेल पुनः प्रदेश नं ५ को बन्दको आव्हान गरेपछि नवलपरासीमा मोर्चाले बन्दको विरोध गर्दै एमाले पार्टीका झण्डा जलाएका हुन् । सरकारले मधेशका जिल्लालार्ई मात्र केन्द्रित गरि प्रदेश नंं ५ को सिमांकन गर्ने प्रस्ताव सहित संविधान संसोधन प्रस्ताव दर्ता गराएपछि आन्दोलनमा उत्रिएका एमाले पार्टीलाई संयुक्त लोकतान्त्तिक मधेशी मोर्चाले विरोध जनाउदै जिल्ला सदरमुकाम परासीमा एमालेको झण्डा जलाई विरोध गरेको मोर्चाले जनाएको छ ।
एमालेद्वारा आह्वान बन्दलाई मोर्चाले प्रतिकार गर्दै मोर्चाका कार्यकर्ता आज परासी आसपासका क्षेत्रको बन्दलाई खुलाउँदै हिँडेका थिए । सरकारले हाल ल्याएको प्रदेश नं। ५ को संघियताका खाका कुनैपनि हालतमा फेरिनु हुदैन भनी माग गर्दै मोर्चाले सरकारलाई समर्थन जनाएका थिए ।














