२ पुस, बेइजिङ । चीनको जासुसीका लागि अमेरिकाले पठाएको सामुद्रिक ड्रोन चीनले नियन्त्रणमा लिएपछि अमेरिका र चीनबीच तनाव उत्पन्न भएको छ । यसअघि पनि अमेरिका र जापानले चीनलाई तर्साउने गरी गरिएको सैन्य अभ्यासमा चीनले हस्तक्षेप गरेको थियो ।
चीनलाई चुनौति दिन अमेरिकी, जापानी र भारतीय सेना एकै ठाउँ
अमेरिकाले आफ्नो समुद्रभित्र गएर तस्वीर, भिडियो तथा सूचना पठाउने अन्डरवाटर ड्रोन जासुसीलका लागि चीन सागरमा पठाएको थियो । चीनले अमेरिकाको अन्डरवाटर ड्रोन दक्षिणी चीन सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट बिहीबार नियन्त्रणमा लिएको थियो ।

समुद्रमा सर्वेक्षण गर्ने जहाज युएसएनएस बोडिच ड्रोन पानी जहाजको खोजीमा रहेको र त्यसलाई भेट्न लागेका बेला चिनियाँ जल सेनाले ड्रोन नियन्त्रणमा लिएको आरोप अमेरिकाको छ । र आफ्नो ड्रोन फिर्ता गर्न अमेरिकाले चीनसँग आग्रह गरेको छ ।
ओसन ग्लाइडर नामको ड्रोन पानीमा रहेको नुनको मात्रा तथा तापक्रम पत्ता लगाउन प्रयोग गरिएको अमेरिकाको दावी छ।
अन्डरवाटर ड्रोनले दिएको जानकारी पानीमुनिको सञ्जालको सीमांकनका लागि प्रयोग गरिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेविसले बताए ।
मानवरहित अन्डरवाटर ड्रोन दक्षिणी चीन सागरमा वैधानिक रुपमा सर्भेक्षणका लागि पठाएको दावी अमेरिकाले गरेको छ ।











