२० मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध सडक संघर्षलाई पनि तीव्रता दिएको छ । अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन प्रस्ताव राष्ट्रहितमा नरहेको भन्दै त्यस विरुद्ध सडक संघर्षलाई पनि तीव्रता दिने घोषणा गरेका छन् ।
संविधान संशोधन प्रस्ताव विरुद्ध पार्टीले सोमबार नयाँ बानेश्वर चोकमा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार भारतीय विस्तारबादको खेलौना बनेको आरोप पनि लगाउनु भयो । उहाँले भारतीय दुतावास लैनचौरमा सेन्सर गरिएको संविधान संशोधन प्रस्ताव सरकारले ल्याएको भन्दै त्यसलाई नेपाली जनताले मान्न नसक्ने बताए । अध्यक्ष केसीले नेपाललाई विखण्डन गराउन भारतले संघीयताको गलपासो नेपाल राष्ट्रको घाँटीमा झुन्डयाई दिएको जिकिर पनि गरे ।
राष्ट्रिय जनमोर्चाले मुलुकलाई टुक्रयाउने गरी डिजाईन अन्तरगत संघीयतासम्बन्धि अवधारणा आएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।












