१८ मंसिर, काठमाडौं । अनसनरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सरकारले पूरा गरेको छ । केहीको माग अनुसार नै आजैको मितिदेखि लागू हुनेगरी आइओएमको डीनमा जगदीश अग्रवाललाई नियुक्त गरिएको छ । त्रिवि कार्यकारी परिषदको शनिबार बसेको बैठकले अग्रवाललाई नियुक्त गरेको हो । यो नियुक्तिले गोविन्दकेसीको महत्वपूर्ण माग सम्वोधन भएको हो । उनको महत्त्वपूर्ण मागको पूरा भएकोले केसीको अनसन आजै अन्त्य गर्ने तयारी भएको छ ।
स्वास्थ्य मन्त्री गगन थापाले आजै केसीलाई भेटेर उनको माग सरकारले सम्बोधन गरेको जानकारी दिँदै अनसन तोड्न आग्रह गरेका थिए ।
डा. केसीको ज्यानभन्दा ठूलो कुरा पद नभएको भन्दै नवनियुक्त डीन केपी सिंहले शुक्रबार राजीनामा दिएपछि अग्रवालको नियुक्तिका लागि बाटो खुलेको थियो।












