१० मंसिर, काठमाण्डौं । नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक बस्दैछ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल निवास लाजिम्पाटमा दिउसो १ बजेपछि बैठकमा संशोधन प्रस्ताव पारित हुन नसकेको अवस्थामा सरकारको भविष्यका बारेमा प्रधानमन्त्रीले पार्टी नेताहरुसंग छलफल गर्नेछन् । प्रमुख प्रतिपक्षी एमालेको असहयोगका बीच संशोधन प्रस्ताव दर्ता गराउँदाको अवस्था र पारित गराउन पार्टीले खेल्ने भूमिकावारे प्रधानमन्त्री दाहालले हेडक्वाटर बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले संशोधन प्रस्ताव फेल भए राजीनामा दिने बताइसकेका छन् । संशोधन विधेयक दर्ताको अन्तिम तयारी भए पनि माओवादीका कतिपय नेताले पार्टीभित्र पर्याप्त छलफल नभएको भन्दै रोष प्रकट गरिरहेका छन् । प्रधानमन्त्रीले ५ नम्बर प्रदेशबाट पाँच पहाडी जिल्ला टुक्र्याउन गरेको तयारीपछि त्यस प्रदेशका माओवादी नेताले समेत विरोध गरिरहेका छन् ।











