९ मङ्सिर, विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताएका छन् ।विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिले आउन लागेको संविधान संशोधनको प्रस्तावका विषयमा विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्ने धारणा राखे । 
उनले मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल नगरेको अवस्थामा संविधान संशोधनको प्रस्तावमा विरोधाभाष देखिएको उनले स्पष्ट पारे । प्रमुख तीन दलका ठूला नेताबीच सहमति गरेर संशोधनको प्रस्ताव ल्याउनुपर्ने भन्दै गच्छदारले त्यसो नगरिएको अवस्थामा समस्या समाधान नहुने पनि बताए । उहाँले संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भएपछि मात्रै आफ्नो पार्टीको आधिकारिक धारणा आउने बताए ।











