९ मङ्सिर अस्ट्रेलिया। परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अस्ट्रेलियाली विदेशमन्त्री जुलिया बिसपबीच बिहीबार भेटबार्ता भएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको भेटवार्तामा मन्त्री महतले भिसा सेन्टर नेपालमै राख्न समकक्षिलाई आग्रह गरेका छन् । ।
दुई देशका विदेशमन्त्रीस्तरमा निकै लामो समयपछि भएको यस भेटका क्रममा आपसी सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा परराष्ट्रमन्त्री डा महतले नेपालको आर्थिक, सामाजिक, शैक्षिकलगायतका क्षेत्रमा अस्ट्रेलिया सरकारले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद समेत दिए।

साथै, गत वर्ष नेपालमा आएको भूकम्पपछिको उद्धार र सहायताका लागि पु¥याएको सहयोगका लागि पनि मन्त्री डा महतले अस्ट्रेलियाली सरकार र यहाँका नागरिकप्रति धन्यवाद दिए ।
त्यस क्रममा मन्त्री बिसपले नेपालमा विभिन्न क्षेत्रमा अस्ट्रेलियाले उपलब्ध गराउँदै आएको आर्थिक तथा प्राविधिक सहयोगको बारेमा चर्चा गर्दै आगामी दिन थप के कस्ता क्षेत्रमा सहयोगको आदानप्रदान गर्न सकिन्छ भनेर आपूmले परामर्श गर्ने आश्वासन दिए ।
पछिल्ला वर्षहरुमा अस्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीको सङ्ख्या बढ्नु र सानो सङ्ख्यामा भए पनि अध्ययन एवम् अनुसन्धान गर्न अस्ट्रेलियाली विद्यार्थी नेपाल जानु पनि जनस्तरको सम्बन्धमा सकारात्मक पाटो भएको मन्त्री बिसपको भनाइ रहेको छ ।











