९ मङ्सिर म्याग्दी । मिर्गौला रोगबाट ग्रसित म्याग्दी कुहुँकी सुशीला राम्जालीको उपचारका लागि राम्जालीका सहपाठी र कोरियामा रहेका म्याग्देलीले १२ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० कोरियाका अध्यक्ष लोकबहादुर बानियाँ ‘आलोक’को संयोजकत्वमा सञ्चालन भएको अभियान तथा कोरियामा रहेका विभिन्न सङ्घसंस्थामार्फत उनलाई १० लाख सात हजार नौसय रुपैयाँ सहयोग गरिएको हो ।
त्यसैगरी, राम्जालीका सहपाठी प्रकाश माविका पूर्वविद्यार्थीले रु एक लाख ९५ हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । प्रकाश माविकी पूर्वविद्यार्थीसमेत रहेकी राम्जालीलाई बुधबार एक कार्यक्रमबीच पूर्वविद्यार्थी प्रमोद श्रेष्ठ, रश्मी गौचन र महेश श्रेष्ठले एक लाख ९५ हजार रुपैयाँ हस्तान्तरण गरे।
दुवै मिर्गौलामा एक बर्षदेखि खराबी आएपछि लामो समयसम्म भारतमा उपचार गराइरहेकी २९ बर्षीया राम्जालीलाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले समेत आर्थिक सहयोग गरेका थिए । अभियानअन्तर्गत प्रकाश माविका पूर्व विद्यार्थीले उपचारका क्रममा रकम सङ्कलन गर्ने अभियानसमेत सञ्चालन गरेका छन् ।










