७ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलव कान्ति अस्पतालमा रहेको अङ्कोलोजी कोषलाई दिएका छन्।
मन्त्री भएपछि अस्पतालहरुको निरीक्षण गर्ने क्रममा सवैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकाको उपचारका लागि कोषलाई सहयोग गर्ने त्यति बेला नै घोषणा घोषणा गरेका थिए ।
थापाले आफूले गरेको प्रतिबद्धताअनुसार सोमबार रकम हस्तान्तरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।
अस्पतालमा क्यान्सर पीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको अंकोलोजी कोषलाई आर्थिक अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुनपर्ने उद्देश्यका साथ सशक्त बनाउन थापाले निर्देशन समेत दिएका छन् ।
सन् १९९७ मा बेलायती नागरिकहरुले सुरु गरिदिएको अंकोलोजी कोषमा अहिले चार करोड रुपैयाँ रहेको छ । अंकोलोजी वार्डमा २६ शैय्या रहेका छन् ।












