६ मंसिर, काठमाडौं । दुई पार्टी एकीकरण भएर गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रिया अघि बढाएको छ । सोमबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको घोषणा भएलगत्तै दुवै दलले निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रियाका लागि निवेदन दिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता किरण गिरीले एकता घोषणासँगै ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ दर्ताको प्रक्रियाका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिए ।
निर्वाचन आयोग ऐन २०६३ को धारा २२ को उपधारा १ बमोजिम दल दर्ताका लागि एकीकृत पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र पार्टी अध्यक्ष कमल थापाले संयुक्त रुपमा निवेदन दिएका छन् ।












