६ मंसिर, काठमाडौं । राप्रपा नेपाल र राप्रपाको एकीकरण कार्यक्रमको एउटा आकर्षणको विषय बनेकी छिन् लोकगायिका कोमल ओली । राजाको सक्रिय शासनकालमा ज्ञानेन्द्र निकट बनेकी गायिका वलीले त्यतिवेला रेडियो नेपाललाई राजाको शासन टिकाउने कार्यमा समेत प्रयोग गरेकी थिइन् । तिनै लोक गायिका तथा रेडियो नेपालकी समाचार वाचिका कोमल वलीलाई पार्टी एकीकरण समारोहमा कमल थापाले माला लगाएर पार्टीमा भित्र्याएका छन् । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरे ।
थापाले फूलमाला लगाइदिएपछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला लगाइदिएका थिए ।
जन्म घर दाङ घर भएकी वली हाल रेडियो नेपालमा जागिरे छिन् । उनले राजनीति नामक चलचित्रमा अभिनेता राजेश हमालसँग अभिनय समेत गरेकी थिइन्।












