२६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले शुक्रबार केवुलकार चढेर चन्द्रागिरिको अवलोकन गरेकी छिन् । हरिवोधिनी एकादशीको अवसर पारेर पारिवारिक भ्रमणमा भण्डारी चन्द्रागिरिमा पुगेको जनाइएको छ । भण्डारीले चन्द्रगिरिस्थिति भालेश्वर मन्दिरमा पूजाअर्चना समेत गरेकी छिन् ।
अनौपचारिक रुपमा चन्द्रगिरि पुगेकी भण्डारीका साथमा उनका छोरीहरु समेत सहभागी थिए । चन्द्रगिरि केवुलकार यात्रामा संचालकहरु चन्द्र ढकाल, अम्बिका पौडेल, मिनबहादुर गुरुङलगायतले स्वागत गरेका थिए ।
चन्द्रगिरि केवुलकारको औपचारिक उद्घाटन राष्ट्रपति भण्डारीबाट गराउने योजनामा चन्द्रगिरि हिल्स लिमिटेड रहे पनि शुक्रबार उनले अनौपचारिक रुपमै केवुलकार यात्रा गरेकी हुन् । केवुलकारको औपचारिक उद्घाटन समारोह चाँडै नै गर्ने समेत चन्द्रगिरि हिल्सले जनाएको छ ।














