२३ कात्तिक, काठमाडौं । भारतीय योजनामा कांग्रेसलाई प्रयोग गर्दै गठन भएको सरकारको साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाको शंकास्पद गतिविधिका कारण छिमेकी राष्ट्र चिन झस्एिको छ । पूर्ववर्ती ओली सरकारले चिनसँग गरेका सम्झौताहरु नयाँ सरकारका पालामा कार्यान्वयन हुने अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले दिँदै आए पनि प्रचण्ड र देउवाका गतिविधिले चिन चिन्तित बनेको हो ।
प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि दुवै छिमेकीसँग समान सम्बन्ध अगाडि बढाउने व्यवहार नदेखिएका कारण चिनले नेपालप्रति शंकास्पद दृष्टि दौडाएको छ । सरकार गठनलगत्तै चिन र भारत दुवै देशमा विशेष प्रतिनिधि पठाए पनि प्रचण्डले भारतको चाप्लुसी गरिरहेको र चिनतर्फ ध्यान नदिएको मुख्य कारणसँगसँगै कांग्रेस सभापति देउवा फेरि भारत गएर चिनविरोधी गतिविधि गरेपछि चिन चिन्तित बनेको हो ।
प्रधामन्त्री प्रचण्ड भारत गएर २६ वुँदे सम्झौता गर्नु, चिनका राष्ट्रपतिको नेपाल भ्रमण गराउने कुरालाई प्राथमिकता नदिई भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको भ्रमण गराउनु, भ्रमणका दिनमा नेपालमा सार्वजनिक विदा दिनु, मुखर्जीको स्वागत र विदाइमा राष्ट्रपतिदेखि सबै विशिष्ट व्यक्तिहरु विमानस्थल पुग्नु, मुखर्जीको भ्रमण सकिनेवित्तिकै देउवा भारत गएर थप योजना बनाउनुले चिनसँग नेपालको सम्बन्ध चिसिएको हो ।
त्यति मात्र होइन देउवाले भारतमा गएर दलाई लामासँग भेट गर्नु ठूलो षडयन्त्रको रुपमा चिनले हेरेको छ । नेपालमा भारतीय प्रभाव बढाउने काम मात्र नगरी चिन टुक्र्याउने कार्यमा लागेका दलाई लामासँग देउवाले भेटेपछि चिनले नेपालप्रति गम्भीर दृष्टि राखेको छ । यो अवस्थाले अब नेपाल र चिनको सम्बन्ध सुधार्न अरु धेरै वर्ष लाग्ने देखिएको छ ।
सबैभन्दा गम्भीर कुरा त भारतीय नागरिकलाई नेपालका प्रमुख पद दिने गरी संविधान संशोधन गर्न लागिएको कुरा नेपालमा सार्वजनिक गर्न लगाएर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । योभन्दा पाराधिनता र भारतप्रस्त हुनुको अर्को नमुना के हुन सक्ला ? प्रचण्डलाई प्रयोग गर्दै भारतका ईच्छाहरु पूरा गराइरहेकोले अब आफू प्रधानमन्त्री बन्नका लागि याचना माग्ने काम देउवाले गरेको विश्वस्त स्रोत बताउँछ । देउवाको यो गतिविधिप्रति कांग्रेसभित्रै आलोचना सुरु भएको छ ।












