सुरजहजारे दाहाल
१८ कात्तिक, पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि हतारहतारमा विभिन्न तयारी गरे पनि उनलाई व्यङ्ग्य गर्ने एक एक गेट भने यथावत राखिएको छ । भारतीय राष्ट्रपति मुखर्जीको स्वागतका लागि गेट बनाउनुपर्ने स्थानमा नेपालकै राष्ट्रपति विद्या भण्डारीको स्वागतका लागि करिब डेढ महिनापहिले बनाइएको गेट यथावत राखिएको छ । पोखराको महत्त्वपूर्ण स्थान फेवाताल पुग्दा प्रणव मुखर्जीले आफ्नो नाममा स्वागतद्वार देख्ने छैनन् । उनले बरु विद्या भण्डारीको स्वागत गरेको द्वार देख्ने छन् ।
गत असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणमा पोखरा पुगेकी थिइन् । भण्डारीको स्वागतको लागि ठाउँठाँउमा स्वागत गेट राखिएको थियो जस मध्ये फेवाताल किनारमा राखिएको गेट भने अझैसम्म हटाइएको छैन । भण्डारीले पोखराको दुई दिने कार्यक्रममा सहभागिता जनाएर राजधानी फर्किएको पनि डेढ महिना पुग्न लाग्दा पनि उनको स्वागतको राखिएको गेटले कतै मुखर्जीको भ्रमणलाई व्यङ्ग्य गर्ने छ । यो अवस्थाले पोखरामा मुखर्जीको स्वागत र सम्मानको सट्टा अपमान गर्ने छ । तर सरोकारवाला कुनै निकायको पनि यसतर्फ ध्यान जान सकेको छैन ।












