११ कात्तिक, काठमाडौं । कुनै समय नेपाल भारतबीचको सिमा समस्या समाधान गर्न जनमत संग्रह गर्ने भनी नेपाललाई सिक्किम बनाउने योजना अगाडि सारेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री बनेपछि नेपाललाई भारतको प्रान्त बनाउने प्रकृतिको निर्णय गरेका छन् । पहिलोपल्ट प्रधानमन्त्री बन्दा भारतीय दवावमा पद छाड्नुपरेको भनी रोईकराई गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलनका नाउँमा ६ दिने आमहडताल मच्चाएका प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेपछि नेपाललाई भारतको अंग बनाउने प्रकृतिको निर्णय गरेर सत्तामा टिकिरहने रणनीति बनाएका छन् । प्रचण्डको यो रणनीतिलाई भारतीय इसारामा चलिरहेको कांग्रेसले समेत साथ दिएको छ ।
स्वाधिन राष्ट्र नेपालको भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतमा सार्वजनिक विदा दिने निर्णय प्रचण्डको मन्त्रीपरिषद्ले विहीबार गरेको हो । मन्त्रीपरिषद्को यस्तो निर्णयका सामाजिक संजालमा तीव्र विरोध भएको छ ।
आफ्नो पार्टीको महाधिवेशनमा नेपाल भारत सिमा समस्या जनमत संग्रहबाट टुंगो लागाउने प्रस्ताव अगाडि सार्दा प्रचण्ड नयाँ लेण्डुप दोर्जे बन्न लागेको आरोप खेपेका थिए । तर, विहीबारको निर्णयले नेपाललाई भारतको पोल्टामा सुम्पन खोजेको आरोप प्रचण्डलाई लागिरहेको छ । भारतप्रस्त भएको भन्ने आलोचनाबाट बच्न प्रचण्डले आउँदै नआएका चीनका राष्ट्रपति आउँदा समेत विदा दिने भनी निर्णय गराएका छन् । तर उनको यो उपायले आलोचनालाई रोक्न सकेको छैन ।
सामाजिक संजाल फेसबुकमा सुरज हजारे दाहालले नेपाल इण्डियाको एक प्रदेशजस्तै मानेर विदा दिएको भन्दै आलोचना गरेका छन् । यस्तो समाचार प्रकाशित गर्ने संचारमाध्यमलाई समेत उनले आलोचना गरेका छन् ।
त्यस्तै कँडेल अश्विनले अनलाइन आएको समाचारको लिङ्क समेत राखेर व्यङ्ग्य गरेका छन् । यस्तो अनौठो समाचार पढ्नका लागि आफूहरु भूकम्पमा पनि नमरिएको रहेछ भन्दै अश्विनले सरकारको आलोचना गरेका छन् ।
विहीबार बसेको मन्त्रीपरिषद् बैठकले भारतीय राष्ट्रपति आउने दिन यही कात्तिक १७ गते सार्वजनिक विदा दिने निर्णय गरेपछि सर्वत्र आलोचना भएको हो । मुखर्जी यही कात्तिक १७ गतेदेखि तीनदिने नेपाल भ्रमणमा आउँदै छन् । भाइटीकाको भोलिपल्ट कार्यालय खुल्ने भए पनि एक दिन विदा थपिएकोमा कर्मचारहरु भने खुशी भएका छन् । तिहारको विदा सुरु हुनुअगाडि शनिबार परेको र तिहारपछि पनि सार्वजनिक विदा दिएकोले कर्मचारीहरुले भने खुशीको स्टाटस सामाजिक संजालमा पोखिरहेका छन् ।
देशको स्वाभिमान नै गिराउने गरी सरकारले दिएको एक दिनको विदामा खुशी हुनेलाई घरमा आगो लगाएर खरानी प्रशस्त भयो भने खुशी मान्नुबाहेक अरु के होला र ?














