८ कात्तिक, काठमाडौ । नेपाल राष्ट्र बैंकले ७७ वटा बैंक तथा वित्तीय संस्थाहरुको इजाजत खारेज गरेको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जररप्राप्ति प्रक्रियामा सामेल भएपछि ७७ वटालाई खारेज गरी ४१ वटा मात्र बनाएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जररप्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।
असार मसान्तमा २८ वटा वाणिज्य बैंक, ६६ वटा विकास बैंक, ३९ वटा वित्त कम्पनी, ४२ वटा माइक्रो फाइनान्स छन् । आर्थिक वर्ष २०६९र७० सम्म २ सय १४ ओटा बैंक तथा वित्तीय संस्था रहेकोमा अहिले १ सय ७३ मा सीमित रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गाभिनेमा पनि विकास बैंक र फाइनान्स कम्पनी बढी छन् । माइक्रो फाइनान्सको संख्या भने दोब्बर वृद्धि भएको छ ।














