६ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका नेता गोपाल किरातीले अध्यक्ष प्रचण्डबाहेकका सबै नेताको पद एक तह घटुवा गर्न माग गर्दै केन्द्रीय कार्यालबाट राजिनामा दिएका छन् ।
केन्द्रीय कार्यालय चुस्त बनाउन आफूले केन्द्रीय कार्यालयको सदस्य पदबाट राजिनामा दिएको उनले बताएका छन् । केन्द्रीय कार्यालय सदस्यबाट राजिनामा दिए पनि केन्द्रीय समितिको सचिवालयमा रहेर प्रदेशको जिम्मा सम्हाल्ने किरातीले संचारकर्मीलाई जानकारी दिएका छन् ।
आफूले भदौं २५ गते नै संगठन विभाग इन्चार्ज बादललाई राजिनामा बुझाए पनि स्वीकृत नगरेकाले यसलाई सार्वजनिक गर्नुपरेको किरातीले जानकारी गराएका छन् ।
आफूले भदौ २५ गते संगठन विभाग इन्चार्ज रामबहादुर थापा बादललाई राजिनामा बुझाएको समेत उनले उल्लेख गरे । आफ्ना राजिनामाबारे भने किरातीले शनिबार विहान मात्रै संचारकर्मीहरुलाई एसएमएसमार्फत जानकारी दिएका हुन् ।
किरातीले सचिवालयमा बसेर प्रदेशको जिम्मेवारी समाल्ने बताएका छन् । राजिनामा सार्वजनिक गर्दै उनले अध्यक्ष प्रचण्ड बाहेका सवै नेताको एक एक तह घटुवाको माग समेत गरेका छन् ।












