२१ असोज, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति हुआन मानुअल सान्टोसलाई प्रदान गरिने भएको छ ।
५२ वर्ष लामो गृहयुद्ध अन्त्यका लागि भूमिका खेलेकाले उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको नोबेल कमिटीले जनाएको छ । झण्डै चार वर्षको वार्तापछि गत महिना कोलम्बिया सरकार र फार्क बिद्रोहीबीच शान्ति सम्झौता भएको थियो ।
तर, कोलम्बियाको जनमत संग्रहले विद्रोहीसँग भएको शान्ति सम्झौतालाई अस्वीकृत गरेको छ ।
५२ वर्षसम्म चलेको कोलम्बियाको गृहयुद्धमा २ लाख ६० हजार बढी मानिसको मृत्यु भएको थयो भने ६० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।












