असोज १६ काठमाडौं । राष्ट्रिय परिचयपत्र व्यस्थापन केन्द्रका कार्यकारी निर्देशक दिनेश भट्टराईले अर्घाखाँचीको सिडियो भएर गएका केन्द्रका निर्देशक कृष्ण बहादुर कट्वाललाई विदाई गरेका छन ।
केन्द्रमा भएको विदाई कार्यक्रममा भट्टराईले लामो समय देखि अगाडि बढ्न नसकेको राष्ट्रको महत्वपूर्ण , अत्यावश्यक र संवेदनशील रुपमा रहेको राष्ट्रिय परिचयपत्रलाई ९स्मार्ट कार्ड ० टेन्डर प्रक्रिया र निर्माणको प्रक्रियामा प्रवेश गराउँनका लागि आफूलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिए । उनले कट्वालाले सिडियोको रुपमा अर्घाखाँची गएका कट्वाल कुशल व्यवस्थापक भएको भन्दै जिल्लाको शान्ति सुरक्षा र अमन चैन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 
राष्ट्रिय परिचयपत्र निर्माण प्रक्रिया सुरुवात गर्न र अगामी बर्ष भित्रै वितरण गर्ने गरी काम भइरहेको भन्दै कार्यकारी निर्देशक भट्टराईले आफ्नो टिम प्रति सन्तुष्ट रहेको बताए । कट्वाल यस अघि पनि कर्णालीको हुम्ला र दार्चुलाको सिडियो भैसकेका छन् ।
त्यस्तै केन्द्रबाट सरुवा भएका गएका भिम राज पोख्रेल र उमेश पाण्डेको समेत भट्टराईले विदाई गरेका छन् ।
गृहमन्त्रालयले हालै मात्र केही जिल्लाको सिडियो परिर्वतन गरेको छ ।











