१५ असोज, काठमाडौं । भारत–पाकिस्तानको तनाव बढेको बेलाचीनले भारतलाई थप समस्यामा पारेको छ। चीनले भारतलाई समस्यामा पार्दै पाकिस्तानलाई सहज हुने रणनीति अख्तियार गरेको छ ।
चीनले आफ्नो सबेैभन्दा ठूलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्ह्पुत्रको एक साहायक नदी बन्द गरिदिएको छ। चीनको यस कदमले भारत लगायत अन्य देशमा ब्रम्ह्पुत्र नदीको पानीको बहाबमा कमी आउने बताइएको छ।
नदी रोकिएसँगै भारतको सिक्किम, अरुणाञ्चल र आसाम लगायतका क्षेत्रमा पानीको वितरणमा कमी आउने बताइएको छ।
चीनले उक्त हाइड्रो प्रोजेक्ट करिब ७ हजार ४ सय अमेरिकी डलरमा निर्माण गर्न लागेको हो र यसैका लागि साहायक नदी रोकेको चिनियाँ संचार माध्यमले जनाएका छन्। सन् २०१४ बाट निर्माण कार्य सुरु गरिएको उक्त योजना सन् २०१९ सम्ममा सम्पन्न हुने बताइएको छ।
भारतले पाकिस्तानसँगको सिन्धु नदी सम्झौतामा पुनर्विचार गर्ने बताइरहेको समयमा चीनले ब्रम्ह्पुत्र सहायक नदी बन्द गर्नुले चीनले पाकिस्तानसँग मिलेर भारत माथि दबाब सृजना गर्न लागेको विश्लेषकहरुले बताएका छन्।












