प्रतिवेदन अनुसार आवश्यक निर्णय लिने
असोज १४ काठमाण्डौं । दोलखाको चरिकोट अस्पतालमा गत असोज ७ गते भएको घटना र त्यसपश्चात विकसीत घटनाक्रमप्रति स्वास्थ्य मन्त्रालयले आफु गभिर भएको जनाएको छ । शुक्रबार मन्त्रालयले एक विज्ञप्ती मार्फत अपिल गर्दै सो घटना अत्यन्त दुखद र निन्दनीय रहेको बताएको छ ।
मन्त्रालयका निमित्व सचिव रामशरण चिमोरिया द्धारा हस्ताक्षरीत अपिल पत्रमा सरकारले आफ्नो तरीकाले कामहरु अगाडि बढाएको र निरन्तर छानविन भैरहको भन्दै छानविन समितिको प्रतिवेदन आएपछि प्रतिवेदन अनुसार कार्वाहि गर्ने प्रतिवद्धता मन्त्रालयले जनाएको छ । मन्त्रालयले चरिकोट घटनाप्रति सबैमा अपिल गर्दै भनेको छ नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य क्षेत्रलाई सुरक्षीत, मर्यादित, विश्वासनीय र जनताप्रति जवाफदेही बनाउन चाहान्छ । मन्त्रालयले अवका दिनमा नागरिक स्वास्थ्य संस्था भित्र सहज र विश्वसनिय वातावरणमा उपचार पाउने अवस्था सुनिश्चित गर्न उपचारमा हुन सक्ने लापरवाही रोक्न र कुनै समस्या पर्दा पिडितको गुनासो सुन्ने जस्ता परिपाटी बसाल्न आवश्यक कानुनी सुधारका लागि काम थालिसकेको जनाएको छ ।
अस्पताल स्वास्थयकर्मीहरुमाथी हुने आक्रमण र स्वास्थ्य संस्थामा हुने गरेको तोडफोड जन्य गतिविधिका लागि स्वास्थयकर्मी तथा स्वास्थ्य सस्थाको सुरक्षा ऐन २०६६ लाई स्वास्थ्यकर्मीहरुमाथी हुने दुब्यवहारलाई दण्डनीय बनाउने गरी आवश्यक संसोधनको प्रक्रिया मन्त्रालयले गरिसकेको पनि अपिल मार्फत जनाएको छ । यस्तो अवस्थामा सबै स्वास्थ्यकर्मीहरु केहि समय धैर्यताका साथ बस्न पनि मन्त्रालयले भनेको छ ।













