असोज, १३ काठमाण्डौं । डाक्टर गोविन्द केसिले आफुअनुकुल व्यत्ति डाक्टर जगदिश अग्रवाललाई डिन बनाउन भिसिलाई निरन्तर दबाव दिएको खुल्न आएको छ । जसले गर्दा आज डिन कार्यलयमा बरिष्ठताको आधारमा नियुत्ती गर्नुपर्ने र स्वच्छ छविको व्यत्ति डिन हुनुपर्नेमा कुनै व्यत्तिको स्वार्थ र माग पुरा गराउन डिन नियुत्ती गर्न लागेको भन्दै प्राध्यापकहरुले त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) कार्यालयमा तालाबन्दी गरेका छन् । केसीले भने अग्रवाल डिन नभए आमरण अनसन बस्ने चेतावनी दिइरहेको उनी निकट स्रोतले जनाएको छ । डीन नियुक्तिको विषयलाई लिएर असन्तुष्ट बनेका आईओएम प्राध्यापक समूहले डीन नियुक्तिमा व्यक्ति हाबी हुन नहुने भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन ।
आन्दोलनमा उत्रिएका ओईओएम प्राध्यापकहरुले डीन नियुक्ति बरिष्ठताका आधारमा हुनु पर्ने माग अघि सारेका छन । गत फागुन २१ मा डा. राकेश श्रीवास्तवले राजीनामा दिएपछि शिक्षण अस्पतालको आईओएमको डीन पद रिक्त छ । प्राध्यापकहरु डाक्टर केसीको विरुद्धमा उत्रीएका छन् । सक्षम र योग्य व्यत्तिका रुपमा रहेका प्रोफेसर डाक्टर शशाी शर्मालाई विगतमा डिन नियुत्ती गर्दा समेत आमरण अनसन बसेका केसी शर्मा भन्दा कनिष्ठ र बिवादीत व्यत्तिलाई भने डिन नियुत्ती नगरे आमरण अनसन बस्ने बताउदै आएका छन् ।











