१२ असोज, काठमाडौं । पाकिस्तानलाई आतंकवादीको अड्डा भन्दै सो देशमा हुने शिखर सम्मेलन बहिष्कार गरेको भारतलाई पाकिस्तानका तत्कालीन सैनिक शासक परवेज मुसर्रफले भारतीय टेलिभिजनमार्फत चेतावनी दिएका छन् । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका हुन्।
भारतीय टेलिभिजन आजतकलाई अन्तरवार्ता दिंदै मुसर्रफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको दावी गर्दै नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका हुन्।
अन्तरवार्ताका क्रममा उनले भने, ‘भारतले पाकिस्तानलाई कमजोर नसोचे हुन्छ, हामी नेपाल र भुटान जस्तो कमजोर र भारतको इसारमा चल्दैनौं।’
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोहोरो चरित्र देखाएको आरोप समेत लगाए। उनले भने, ‘मोदी कहिले आफ्नो देशका मन्त्रीहरुलाई समेत थाहा नदिई पाकिस्तानका प्रधानमन्त्री नवाफ शरिफको जन्म दिनमा पुग्छन्, कहिले पाकिस्तान आतंकवादको राष्ट्र हो भन्दै हामीले आयोजना गर्न लागेको सार्क शिखर सम्मेलनमा भाग नलिने बताउँछन्,यसले उनको दोहोरो चरित्र प्रष्ट पार्छ।’
उनले पाकिस्तान कमजोर छ भन्ने भारतलाई भ्रम भएको भन्दै त्यो सोचे भारतको अहिले सम्म कै ठूलो भूल हुने बताए । उनले भने, ‘ भारतले पाकिस्तानलाई युद्धमा हराउँछु भन्ने सोचेको छ भने त्यो दिवा स्वप्न मात्र हुनेछ, आँट छ भने पाकिस्तानमा हमला गरेर देखाओस।’












