११ असोज, काठमाडौं । थाइल्याण्डबाट फर्केपछि आफ्ना बाबु र पत्नीसँग नबसी एक्लै बस्दै आएका पूर्वयुवराज पारसले बाबुसँगको सम्बन्ध भने सुमधुर रहेको बताएका छन् । एक अन्तर्राष्ट्रिय संचार संस्थालाई दिएको छोटो प्रतिक्रियामा पारसले आफ्ना बाबु र आफू खुशी रहेको बताएका छन् । बाबुसँग अत्यन्त प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै योभन्दा सुमधुर सम्बन्धको कल्पना गर्न नसकिने उनले बताएका छन् ।
साउथएसिया डटकम डटएयूका सम्पादक राम खत्रीसँग विद्युतीय माध्यमद्वारा गरिएको कुराकानीमा पारसले आफ्नो परिवारसँग असल सम्बन्ध रहेको र आफ्नो दैनिकी सहज रुपमा अगाडि बढेको भनी प्रतिक्रिया दिएको सो साइटले उल्लेख गरेको छ ।
पछिल्लो समय पारस आफ्ना स्कुले साथीहरुको जमघटमा रमाउने गरेका छन् । बुढालिकण्ठ स्कुलका सहपाठीहरुसँग घुम्ने तथा मनोरञ्जनमा रमाउने गरेका समाचारसहित तस्वीरहरु समेत सार्वजनिक भएका छन् । उनका तस्वीर हेर्दा उनको स्वास्थ्य गम्भीर रहेको अनुमान गर्न सकिने भनी गरिएको प्रश्नको जवाफ दिन भने पारसले अस्वीकार गरेका छन् ।
विहानको समय ध्यान तथा योगामा विताउने गरेका पारसले पछिल्लो समय पोखरा तथा खप्तडमा आफ्ना केही दिनहरु विताएका छन् ।
विस्तृत समाचारका लागि हेर्नुहोस् :
Relationship with my father hasn’t been better: Nepal’s former crown prince Paras Shah












