९ असोज, काठमाडौं । आज आइतबार गर्ने भनिएको उपत्यका बन्द फिर्ता भएको छ । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आह्वान गरेको उपत्यका बन्द अन्तिम समयमा फिर्ता गरेको हो ।
सांस्कृतिक कार्यक्रमको टिकट वेच्दै गर्दा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गर्दै बैद्य माओवादीले बन्द आहृवान गरेको थियो । तर, शनिबार पक्राउ परेका कार्यकर्ता रिहा भएपछि बैद्य माओवादीले बन्द फिर्ता लिएको छ ।
‘स्वच्छिक आर्थिक सहयोग लिँदा हाम्रा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा बन्द आहृवान गरिएको थियो । उनीहरु आज छुटे । हामीले बन्द फिर्ता लिएका छौं, प्रवक्ता हरिभक्त कँडेलले भने ।
चन्दा उठाउँदै गर्दा बैद्य माओवादीका केन्द्रीय सदस्य शिवराम यादवसहितका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर चन्दा नउठाई टिकट विक्री गर्न पाउने अधिकारमाथि नै सरकारले बन्देज लगाउन खोजेको कँडेलले बताए ।












