असोज १ गुल्मी । सशस्त्र प्रहरी बल गुल्म, गुल्मीले अन्तराष्ट्रिय सरसफाई दिवस तथा संबिधान दिवसको अवसर पारेर जिल्लाका बिभिन्न मठमन्दिर सरसफाई गर्ने अभियान चलाएको छ । यसै क्रममा गुल्म बाट खटिएका राष्ट्र सेवकहरुले आज रे.न.पा १४ छापमा रहेको मालिका मन्दिर र ऐ. न.पा १५ दुबिचौरमा रहेको छत्रदेबि मन्दिरमा छुट्टाछुट्टै सरसफाई गरेको हो ।
स्थानिय गंगा बस्नेतले मठमन्दिरहरुको सरसफाईले समाजमा सुरक्षा निकाय प्रतिको बिश्वास अझ बढने कुरा बताईन । सरसफाई कार्यक्रममा स्थानिय सर्वसाधारण व्यक्तिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । बिजया दशमीको संघारमा सशस्त्र प्रहरी बलले यसरी धार्मिक मठमन्दिरहरु सरसफाई गरीदिनाले जनताको मन जित्न सफल भएको कुरा दुबिचौर निवासी हुमा बस्नेतले गराए ।
अन्तराष्ट्रिय सरसफाई दिवस, संबिधान दिवस तथा बिजया दशमीको पूर्व संन्ध्या भएको हुनाले बिशेष गरी मठमन्दिरहरु सरसफाई गरीएको सशस्त्र प्रहरी बल गुल्म, गुल्मीका गुल्मपति म्क्ए दिग विजय सुवेदीले बताए । सरसफाई कार्यलाई निरन्तरता दिई सरसफाई मार्फत स्थानियहरु सँग भेटघाट गरी बिजया दशमीको शुभकामना दिने समेत बताए ।












