३० भदौ,काठमाडौँ । नेपाल फिफा वरियताको दुई स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको यस महिनाको फिफा वरियतामा नेपाल २ स्थानमाथि उक्लिएको छ। फिफाको नयाँ वरियतामा नेपाल १ सय ८६ स्थानमा पुगेको छ। गत महिना नेपाल १ सय ८८ स्थानमा थियो। दक्षिण एसियामा भने नेपालको स्थान पाँचौंमा छ। यो क्षेत्रमा भारत १ सय ४८ वरियतासहित पहिलो स्थानमा छ।
अफगानिस्तान १ सय ८९ अंकले दोस्रो, माल्दिभ्स १ सय ६५ अंकका साथ तेस्रो र बंगलादेश १ सय ८५ अंकका साथ चौथो स्थानमा छ। नेपालपछि भुटान १ सय ८९ अंकका साथ छैटौं स्थान, श्रीलंका १ सय ९३ अंक साथ सातौं र पाकिस्तान १ सय ९४ अंकसहित आठौं स्थानमा छ। विश्व वरियतामा नेपाल २३ देशभन्दा माथि हो। यस्तै, एसियाली राष्ट्रमा नेपालको स्थान ४० औँ हो।४६ राष्ट्र सहभागी एसियाली फुटबल महासंघ एफसी मा नेपाल ६ राष्ट्रभन्दा माथि छ।












