३० भदौ, नयाँ दिल्ली । चार दिने भारत भ्रमणमा दिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ईन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले स्वागत गरेकी छिन् ।
प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री स्वराजवीच विमानस्थलमा झण्डै १० मिनेट कुराकानी भएको थियो । कुराकानीमा विदेशमन्त्री स्वराजले भनिन्, ‘तपाईंको यो भ्रमणले द्विपक्षीय सम्बन्ध सुमधुर बनाउने छ भन्नेमा हामी पूर्णविश्वस्त छौं, आगामी दिनमा दुई देशवीचको सम्बन्ध प्रगाढ र विश्वासका साथ अघि बढ्छ ।’
स्वराजले प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राजकीय सम्मान दिने समेत बताइन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणले भारत र नेपालको द्विपक्षीय सम्बन्धमा विश्वासको वातारण बनाउने दावी गरे ।












