२५ भदौ, काठमाण्डौं । पछिल्लो समय उपचारमा लापरबाहि भएकै कारण धेरै विरामीले अकालमै ज्यान गुमाउनु परेका घटना यत्र तत्र आउने गरेका छन् । कतिपय नाम चलेकै स्वास्थ्य सस्थामा समेत विरामीको उपचारमा सम्लग्न चिकित्सकले अनविज्ञता देखाउदा विरामीको मृत्यु समेत भएको छ । जसका बाबजुत विरामीको मृत्यु पश्चात अस्पतालहरु तोडफोड हुने स्वास्थ्य स्वास्थ्य सस्थाबाट गल्ती भएको भए उनीहरुलाई कार्वाहि गर्ने काम भैरहेका छन् ।
यस्ता घटनाहरु बाहिर आउदै गर्दा समेत केहि यस्ता संस्था छन् जसले आफ्नो संस्थालाई दर्ता नै नगरी सामाजीक संजालमा प्रचार बाजि गरिरहेका छन् । “गाजलु नेपाल” जस्को नाम कहि दर्ता भएको छैन । तर उसले विगत लामो समय देखि “गाजलु नेपाल” को आफु अध्यक्ष रहेको बताउने रश्मि कडेल आफ्नो संस्थाको प्रचार र बिभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिविर चलाउन मेडिकल शिक्षा लिदै गरेका आफ्ना साथिहरुलाई लिएर बिभिन्न जिल्ला जाने गरेको उनीनिकट स्रोतले जनाएको छ । उनीहरुले यहि महिना प्युठानमा पुगी त्यहाका महिलाहरुको पाठेघरका बारेमा स्वास्थ्य जाँच गराएका थिए ।
स्त्रीरोग सम्बन्धी अनविज्ञ मेडिकल क्षेत्रका विद्यार्थीहरुले गरेको स्वास्थ्य उपचार कति प्रभावकारी हुन्छ प्रश्न उठ्न थालेको छ । विवेकशील नेपाली दलमा सक्रियताका साथ आवद्ध रहेकी कडेलले उक्त संस्था दर्ता नै नगरी स्वास्थ्य शिविर र समाजसेवाका नाममा बिभिन्न संघ संस्थासमक्ष आर्थीक रकम समेत जुटाउन थालेकी छन् । स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतिले कुनै पनि सस्थाले दर्ता विना गाउँ या सहरमा कार्यक्रम गर्न नपाउने बताउनु भयो । उहाँले जनताको स्वास्थ्य जस्तो विषयमा गैरकानुनि रुपमा काम गरेको भए कार्वाहि गरिने बताउनु भयो । उहाँले सबै पदमा रहेका व्यत्तिहरुले र दर्ता नै भएकाले पनि जानकारी गराउनु पर्ने भन्दै दर्ता नै नभएकाले स्वास्थ्य शिविर चलाउनु आपत्ती जनक भएको स्पष्ट पार्नुभयो ।













