२५ भदौ, काठमाण्डौं । नेपाल रेडियोलोजिकल सोसाईटिले रेडियो ग्राफिमा नक्कली आतंक रहेको औल्याएका छन् । सोसाईटिको २६ औं बार्षिकोत्सबको अवसरमा बोल्ने अधिकासं वक्ताहरुले रेडियो ग्राफिमा नक्कली आतंक रहेको बताए । उनीहरुले अधिकांस व्यत्तिहरुले अनैतिक रुपमा काम गर्दा आफुहरु समस्यामा पर्ने गरेको बताए । सोसाइटिका सचिव भिमथापा अरुणका अनुसार रेडियो लोजिस्टमा क्षमता अनुसार पोष्ट नभएको भन्दै यस विषयमा राज्यले गंभिर भएर सोच्नु पर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रको एक महत्व पुर्ण पाटो भनेको रेडियो लोजिस्ट भएको औल्याउदै यहि क्षेत्र सबैभन्दा पछाडि पर्नु दुखद भएको औल्याए ।
व्यवसायिक रुपमा रेडियोलोजिस्टलाइ कसरी गुणस्तर र सुरक्षित बनाउने भन्नेनै अहिलेको हाम्रो मुख्य चुनौति हो सचिव थापाले भने । उनले टेक्नोलोजिष्टको दरबन्दि मिलन सरकारले नगरेको भन्दै जति शिक्षा हासिल गरेको भएपनि ५ औ तह बाट सेवामा प्रबेश गर्नुपर्ने बाध्यता रहेको बताए ।
उनले तालिम मात्रै लिएको भरमा प्रमाणपत्र देखाउने र काम गर्ने गर्दा पढेर आएका ओझेलमा पर्ने गरेको भन्दै त्यस्ता नक्कली व्यत्तिलाई कार्वाहि गर्न माग गरे । आर्थिक प्रलोभनमा परेर फिजिसियनले सिटिस्क्यान गर्ने र १० प्रतिशत कमिसन लिने गरेको पनि कार्यक्रममा सहभागी वक्ता हरुले औल्याए । उनीहरुले रेडियोलोजिस्टका लागी ७ औं पदका लागी दरवन्दी मीलन गर्न मन्त्रीलय समक्ष माग गरेका छन् ।
कार्यक्रममा स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रतिले रेडियोलोजिस्ट क्षेत्र पछाडी परेको भन्दै यसलाई सम्बोधन गर्न आफुहरु लाग्ने स्पष्ट पारे । अरु धेरै क्षेत्रको समस्या समाधान हुने तर रेडियोलोजिस्टमा देखिएको समस्या समाधान नगर्ने भन्ने विषय नभएको भन्दै यस विषय प्रार्थमिकतामा राख्न पहल गर्ने उल्लेख गरे ।











