१२ भदौ, काठमाण्डौं । अर्घाखाँचीको हंसपुर गाविसमा जीप दुर्घटना भएको छ । अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरहृवील जीप हंशपुर गाविस ५ रतनमोर बजार नजिकै दुर्घटना हुदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिप पोष्टापाटको भीरबाट करिब ६०० मिटर तल खसेको थियो ।
उकालो बाटो रहेका कारण जिव पछाडी सर्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । जीपमा १५ जनाभन्दा बढी सवार रहेकोप्रहरीले जनाएको छ । ६ जना घाइतेहरूलाई उद्दार गरी एम्बुलेन्समा सन्धिखर्क पठाइएको छ ।











