काठमाडौं, भदौं १२ । पत्रकार पुरुषोत्तम दाहालको दोश्रो कविता संग्रह अन्धकारको यात्री सार्वजनिक भएको छ । यसअघि ०५९ मा सांध कविता संग्रह प्रकाशित भएको थियो । ०४३ मा केही कवि केही कविता मार्फत संयुक्त कविता कृतिमा उपस्थित दाहालको शान्ता उपन्यास सहित प्रक्षेपण राजनीतिक विचार संग्रह र मानव अधिकारका विषयमा समेत कृतिहरु प्रकाशित भएका छन् । आइतबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका साथ “अन्धकारको यात्री ” लोकार्पण गरीएको हो ।विराज समाजको साधारण सभामा अन्धकारको यात्री लोकार्पित भएको अवसरमा विराज क्षेत्रका शिक्षासेवी ज्येष्ठ नागरिक पण्डित चन्द्रलाल दाहाललाई सम्मान गरिएको छ ।