१२ भदौ, काठमाण्डौं । चर्चित लोक गायक खेमराज गुरुङको पार्थीव शरीरलाई तिन बजे पशुपति आर्यघाटमा अन्तेष्ठी गरिने भएको छ । यतिवेला उनको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको छ।
गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली कला, साहित्य, संगीत क्षेत्रका मुर्धन्य व्यक्तिहरु प्रज्ञा भवन पुगेका छन्। बिहीबार निधन भएका गायक खेमराज गुरुङको परिवार नेपाल बाहिर भएका कारण अन्तेष्ठीमा केहि दिन ढिला भएको थियो ।
आज ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनको परिवारले जनाएको छ। गुरूङको पार्थिव शरीरलाई अन्तिम श्रदाञ्जलीका लागि आइतबार हेलिकोप्टरबाट गृह जिल्ला संखुवासभा लगिएको थियो। बिहान ९ बजेदेखि एक घण्टा संखुवासभा खाँदबारीको स्थानीय टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिएपछि शव पुनः काठमाडौं ल्याइएको थियो।











