१२ भदौ, काठमाण्डौं । पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको गएराती निधन भएको छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहेका पूर्वमन्त्री खपाङ्गीको ७० वर्षको उमेरमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । शनिबार दिउँसो पिसाबमा समस्या देखिएपछि उहालाई अस्पताल लगिएको थियो । ललिपुरको नख्खुमा बस्दै आएका खपाङ्गीको उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको हो ।
यसअघि नेता खपाङ्गीलाई २०७० साल बैशाख १२ गते नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा सहभागी हुन राष्ट्रिय सभागृह अगाडि पुगेको अवस्थामा अचानक बा ५१ प ६३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उक्त दुर्घटनापछि खपाङ्गी अचेत भइ लड्ेका थिए ।
उनलाई तत्काल वीर अस्पतालको इमजेन्सी कक्षमा भर्ना गरिएको थियो । पछि खपाङ्गीलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो । राजनीतिमा प्रखरवक्ता रहेका खपाङ्गीले पञ्चयातकालमा १४ महिला जेल जीवन बिताए ।











