१२ भदौ, काठमाण्डौं । गृहमन्त्री विमलेन्द्र निधिले हालै गरेको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र मोदीलाई बुझाएको बारेमा संसदमा जानकारी गराएका छन् ।
सरकारको साउन २७ गतेको निर्णय अनुसार आफूले भारतको भ्रमण गर्दा राष्ट्रपतिको तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न र विगत २७ वर्षदेखि नेपाल भ्रमण नभएको अवस्थालाई पुन सुचारु गर्न पत्र दिएको निधिले बताए । आइतबार संसदमा बोल्दै गृहमन्त्री निधिले आफूले भारतीय विदेश मन्त्री, गृहमन्त्री विभिन्न दलका नेता जसले नेपालको राजनीतिक परिवर्तनमा सहयोग गरेका नेताहरुसँग भेट गरी सरकारको पहिलो प्राथमिकताका लागि सबैको सहमतिमा अगाडि बढ्ने कुरा गरेको जानकारी गराए ।
यसैगरी नेपालको संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचत गर्ने कुराको जानकारी समेत गराएको बताए ।
नेपालमा भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न लेखेको पत्रदेखि भारतीय प्रधानमन्त्रीलाई विशेष दूतको रुपमा पठाएको पत्र हस्तान्तरण गरेकोसमेत उनले जानकारी गराए ।
निधिले काभ्रेबाट सेनाको हेलिकप्टरबाट २८ जनाको उपचारका लागि ल्याइ उपचार गराइएको भन्दै घाइते उपचारका लागि कुनै कमी नहुने यसमा सरकार सचेत रहेको बताए ।











