९ भदौ, काठमाडौं । लोकप्रिय गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिसका कारण आकस्मिक रुपमा अस्पतालमा भर्ना भएका गुरुङको आज निधन भएको हो । काठमाडौंको मेडिकेयर अस्पतालको आइसियुमा उपचाररत गुरुङको आज निधन भएको हो ।
वारि जमुना पारी जमुना बोलको गीतले उनलाई उचाइमा पुर्याएको थियो । त्यसपछि उनले विभिन्न गीति अल्वमहरु निकालेका थिए ।












