९ भदौ, काठमाडौं । लामो समयको किचलो आपसी पछि नेपाली कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंगो लागेको छ । आफ्नो भागमा ५ मन्त्री नदिए सरकारमा मन्त्री नै नपठाउने चेतावनी दिएका पौडेलले ५ मन्त्री पठाउन पाउने भएपछि आफ्नो पक्षका पाँच मन्त्रीको नाम तय गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले भने आफू पक्षीय नेता एवम् कृष्ण सिटौला र खुमबहादुरको चित्त बुझाएरै नाम तय गरिसकेका छन् ।

पौडेल मन्त्री हुनेहरुमा कोषाध्यक्ष सीतादेवी यादवलगायत नवीन्द्रराज जोशी, दीपक गिरी, हृदयराम थानी र रोमी गौचन थकाली रहेका छन् । तर उीहरुले सम्हाल्ने मन्त्रालयको टुंगो भने लागिसकेको छैन ।
देउवा समूहबाट अर्जुननरसिंह केसी, वालकृष्ण खाँड, प्रकाशशरण महतलगायतका नेतालाई मन्त्री बनाउने निर्णय उनले गरेका छन् । त्यस्तै सिटौला र खड्का पक्षका नेताको नाम समेत टुंगो लागेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।
कांग्रेसका मन्त्रीहरुको टुंगो लागेसँगै पार्टी पदाधिकारीबाट मन्त्री बन्नेमा कोषाध्यक्ष सितादेवी यादव हुनेछिन् । कांग्रेसका मन्त्रीहरुले शुक्रबार सपथ लिने निश्चित भएको छ ।











