
९ भदौ, काठमाण्डौं । सशस्त्र युद्धका समयमा घाइते भएका पूर्व जनमुक्ति सेनाका लडाकुहरुले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा घाइते, अपाङ्गहरुले अझै उचित उपचार हुन नसकेको, जीवन निर्वाह भत्ता अत्यन्तै न्यून भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचान सहितको परिचय पत्रको व्यवस्था नगरिएको गुनासो गरेका छन् । भेटमा प्रधानमन्त्रीले ‘घाइते योद्धाहरुको निशुल्क उपचारको व्यवस्था मिलाउने, जीवन निर्वाह भत्ता वृद्धि गर्न पहल गर्ने तथा राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्ने’ जानकारी दिए ।











