९ भदौ, काठमाडौ । नेपाली कांग्रेसबाट सिफारिस गरिएका मन्त्रीहरुलाई आज पद तथा गोपनीयताको सपथ खुवाउने तयारी गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मन्त्रिको संख्यामा कुरा नमिलेपछि हिजोकालागि तय गरिएको सपथ खुवाउने कार्यक्रम स्थगित भएको थियो ।
बिहिबार बिहान पार्टीका शीर्षनेताहरुसंग मन्त्री बन्नेको सूचीलाई अन्तिमरुप दिनका लागि देउवा छलफलमा जुटेका छन् । तर बरिष्ठ नेता रामचन्द्र पौड्यालले ५ मन्त्री सहित ४ राज्य मन्त्रीको दावी गरेपछि कांग्रेसलाई मन्त्रीको नाममा अन्तीम रुप दिन हम्मेहम्मे परेको छ । पटक पटकको छलफलबाट पनि पौड्याल सहमतिमा आउन नसके पछि आज खुवाउने भनीएको पद तथा गोपनीयताको सपथ अन्यौलमा पर्ने सम्भावना बढेको छ ।
दिउँसो सम्ममा मन्त्री बन्नेको नाम प्रधानमन्त्रीलाई बुझाउनेगरी सभापति देउवा अनौपचारिक छलफलमा रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए। पार्टी सभापति शेरबहादुर देउवाले ४ मन्त्री र २ राज्य मन्त्री पौड्याललाई दिने बताएका छन् ।
कांग्रेसबाट बुधबार अर्जुननरसिंह केसी, डाक्टर प्रकाशशरण महत, बालकृष्ण खाँण, सिता देवी यादब, दिपक गिरी, नविन्द्रराज जोशी र जीवन साहीको नाम चयन भइसकेको छ । सहमति भए केहि राज्य मन्त्रीहरुलाई पनि आजै सपथ गराउने तयारी भइरहेको छ ।











