
३,भदौ,काठमाण्डौं । लुम्बिनी विकास कोषमा कार्यरत विडारी थरका एक इञ्जिनियरको मिलेमतोमा गौतम वुद्धको जन्मस्थल कपिलवस्तुबाट दुई ट्रक प्राचिन ईँटालगायतका पुरातात्विक सामग्री भारतले लगेको एक दशकभित्र भारतीय सिमा क्षेत्रमा नक्कली कपिलवस्तु निर्माण गरिएको छ । वुद्ध भारतमा जन्मेका हुन् भनी भ्रामक प्रचार गर्दै आएको भारतले वुद्धको नक्कली कपिलवस्तुलगायत वुद्धसँग सम्बन्धित स्थलहरु हुबहु नक्कल गरेर निर्माण सम्पन्न गरिसकेको छ ।

यसबारे नेपाल सरकारलाई जानकारी नभएको होइन तर कुनै पनि सरकारले भारतसंग जवाफ माग्न सकेनन् । भारतले आफ्नो भूमिमा बनाएको संग्रहालयको नामै ’कपिलवस्तु संग्रहालय’ राखेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभाको चुनावका बेलामा समेत बुद्धको जन्म बिहारमा भएको बताएका थिए । नेपालमा आएका बेला बुद्ध जन्मेको देश भने पनि मोदीले युरोप भ्रमणमा बुद्धबारे विवदास्पद अभिव्यक्ति दिँदै आएका छन् । यसैक्रममा भारत सरकारले लुम्बिनी नजिकै आफ्नो भूमिमा धमाधम नक्कली ’कपिलवस्तु’ बनाएर बुद्ध भारतमा जन्मेको प्रमाणित गर्न खोजेको छ ।

भारतको सिद्धार्थनगर जिल्लास्थित पिपराहावामा भारतले नक्कली कपिलवस्तु अर्थात नक्कली लुम्बिनी बनाएको हो । भारतले आफ्नै भूमिमा गौतम बुद्धका पिताको दरबार रहेको दाबी गर्दै ‘कपिलवस्तु’को नाम दुरुपयोग गर्दा पनि नेपाल सरकारले कुन कुटनीतिक पहल लिन सकेको छैन । भारतले आफ्नो भूमिमा बनाएको संग्रहालयको नामै ‘कपिलवस्तु संग्रहालय’ राखेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभाको चुनावका बेलामा समेत बुद्धको जन्म बिहारमा भएको ठोकुवा समेत गरेका थिए ।

नेपालमा आएका बेला बुद्ध जन्मेको देश भन्ने मोदीले मोदीले युरोप लगायतका देशमा बुद्धबारे विवदास्पद अभिव्यक्ति दिँदै आएका छन् । यहाँसम्मकी भारतीयहरुले बुद्धको अष्ट धातुसमेत आफ्नै भूमिमा फेला परेको भन्दै ‘कपिलवस्तु संग्रहालय’मा अष्ठधातुका घडासमेत राखेको छ । जबकी पुरातत्वविदहरु ले बुद्धको अष्टधातु भारतमा नभई नवलपरासीको रामग्राममा रहेको प्रमाणित गरिसकेका छन । भारत सरकारले संसारभरिका पर्यटकलाई आफ्नो देशमा तान्ने रणनीति अनुरुप भारतमा ‘नक्कली कपिलवस्तु’ बनाएको हो ।

भारतको सिद्धार्थनगर जिल्लास्थित पिपराहावामा एउटा सतूपा छ, जहाँ बुद्धको अष्टधातु फेला परेको भारतीय दाबी छ । यस्तै त्यहाँ गौतम बौद्धभिक्षु, भिक्षुणीहरुको आवास गृहसमेत छ । त्यही स्थानमा भन्दा करिब एक किलोमिटर अगाडि बुद्धका बुबा शुद्धोधनको ‘नक्कली’ दरबार खडा गरिएको छ । सो स्थानलाई बगैँचाका रुपमा सजावट समेत गरिएको देख्न सकिन्छ ।
प्राचीन कपिलवस्तु राज्यको सीमाभन्दा पूर्वतर्फ रुपन्देहीको रोहिणी नदीसम्म थियो भने पश्चिमतर्फ भालुवाङस्थित राप्ती नदीसम्म रहेको जानकारहरुको दावि छ । त्यस्तै उत्तरतर्फ रुपन्देहीको चुरे इलाकासम्म थियो भने दक्षिणको पावा कुशीनगरसम्म फैलिएको थियो ।

नेपाल भारत सीमानाअन्तर्गत उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा भन्ने स्थानमा उक्त नक्कली कपिलवस्तु निर्माण गरेको हो । अलिगढवा र पिप्राहवामा बनाइएका नक्कली कपिलवस्तु अझै निर्माण विस्तार भइरहेको छ । त्यहाँ रहेका ठुल्ठूला बोर्डमा राजा शुद्धोधनको दरबार र भगवान् गौतमबुद्धले २९ वर्ष बिताएको स्थल भनेर लेखिएको छ । सुर्खीचुना, इँटाको धुलो र चाक्लो इँटाबाट अझै दरबार निर्माण कार्य भइरहेको छ । केही वर्षयतादेखि भारतले यस क्षेत्रलाई ‘कपिलवस्तु’ नामकरण गरी व्यापक भौतिक पूर्वाधारको विकास गर्नुका साथै त्यहाँ अन्र्तराष्ट्रिय विमानस्थल समेत निर्माण कार्य सुरु गरेको छ ।
सन् १९६२ मा भारतीय पुरातत्वविद श्रीमती देवला मित्राले नेपालको प्राचीन कपिलवस्तु उत्खनन गर्दा पर्याप्त प्रमाण नभेटिएको हँुदा यो प्राचीन कपिलवस्तु नभएको भन्दै भारतको पिपरहवामा रहेको भगवान् गौतमबुद्धको अष्टधातु राखिएको उक्त स्थललाई नै प्राचीन कपिलवस्तु भएको दाबी गरेपछि भारतले पनि यसलाई अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यममा व्यापक रुपमा भ्रामक प्रचारप्रसार गरिरहेको छ ।
तर भारतले दाबी गरेको कपिलवस्तुमा न त बुद्ध ग्रन्थका अनुसार नदी, पहाड र हिमाल देखिन्छ न त पाचौं तथा सातौं शताब्दीका चिनियाँ विश्व यात्रीले भनेका कुराहरू नै भेटिन्छन् । एउटा भ्रामक प्रचारबाजीको भरमा भारतले पर्यटकहरूलाई झुक्याएर आफ्नो कपिलवस्तु सक्कली भएको दाबी गरिरहेको छ ।
भारतको पीपरहवामा न त सम्राट अशोकले स्थापना गरेका अशोक स्तम्भ नै भेटिएका छन् न त्यहाँ कुनै नदी नै छ । तर पनि भारतीय पक्ष कपिलवस्तु आफ्नै देशमा भएको सिद्ध गर्न लागि परे पनि नेपाल सरकार भने केवल मुकदर्शक बनेर बसेको छ । लुम्बिनीलाई विश्व पर्यटनको केन्द्र बनाउने भन्दै चिन र अन्य देशका संस्थाहरुसँग सहकार्य गर्दै आएका पुष्पकमल दाहाल अहिले प्रधानमन्त्री बनेका छन् । के उनले भारतको यो कार्यको विरोध गर्लान् ? हेर्न बाँकी छ ।











