३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक कार्यक्रममा धेरै सहभागी नभई सिंहदरबारभित्र बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको बताएका छन्। यद्यपि उनले यस्तो घोषणाa प्रधानमन्त्री हुनेवित्तिकै गरे पनि औपचारिक कार्यक्रममा सहभागी हुने क्रम भने रोकेका छैनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आफूलाई बधाई तथा शुभकामना दिन गएका सिन्धुलीका टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले वर्तमान सरकारले संविधान संशोधन गरी निर्वाचनको प्रक्रियामा जाने वातावरण बनाउन लागि परेको जानकारी आश्वासन दिएका थिए ।
प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनमा जाने र यसले देशमा राजनीतिक स्थिरताको वातावरण तयार गर्ने विश्वाससमेत व्यक्त गरेका थिए।
मित्रराष्ट्र चीन र भारतसित सन्तुलित कूटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दूत पठाएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले आन्तरिक र बाह्य राष्ट्रियतालाई एकीकृत गर्नु आफ्नो दायित्व भएको बताउनुभएको सचिवालयले जनाएको छ। हालः उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा चीन र विमलेन्द्र निधि भारत भ्रमणमा छन्।
नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेलसहित गएको टोलीले सिन्धुलीको टोलीले भूकम्पपीडितका लागि राहत थोरै भएको भन्दै राहत रकम वृद्धि गर्न माग गर्दै प्रम दाहालको ध्यानाकर्षण गराएको थियो।











