३१ साउन, काठमाडौं । काभ्रेमा सोमबार भएको बस दुर्घटना निकै दर्दनाक रह्यो ।
राजधानीबाट छुटेको बसले ३३ जनाभन्दा बढीको ज्यान लियो ।
दुर्घटनामा ४३ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ । उनीहरुमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौँ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएलगत्तै नेपाली सेनाको हेलिकोप्टरले काभ्रे पुगेर घाइेतहरुलाई काठमाडौं ल्याएको थियो ।















