३१ साउन, काभ्रे । काभ्रेको विर्तादेउरालीमा यात्रुबाहक बस सडकबाट ३ सय मिटर तल खस्दा ३ दर्जनभन्दा बढीको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । स्थानीय व्यक्ति निर्मल त्रिपाठीले दिएको जानकारीअनुसार २७ जना भन्दाबढीको मृत्यु भएको छ ।
काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबाहक बस बिर्तादेउराली गाविसको कोतालीस्थित खहरे खोलामा खसेर दुर्घटना भएको हो ।
बा ३ ख १०६ नम्बरको बस कोतालीमा दुर्घटनाग्रस्त भएको हो। घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिव ३ सय मिटर तल खसेको छ । मानवीय क्षतिको विस्तृत विवरण आउँन बाँकी रहेको काभ्रे प्रहरीले जनाएको छ ।














