३१ साउन, काठमाडौं । विश्वको शक्तिशाली राष्ट्र राष्ट्र अमेरिककाका राष्ट्रपति बाराक ओबामासँग अब सबैले फेसबुकमा सिधै कुराकानी गर्न पाउने भएका छन् । ह्वाइट हाउसको फेसबुक पेजमार्फत राष्ट्रपति ओबामासँग अमेरिकी नागरिक लगायत विश्वकै सर्वसाधारणले आफ्ना कुरा राख्न पाउने व्यवस्था गरिएको हो । विश्वभरका सर्वसाधारणले फेसबुक पेजमा म्यासेन्जरमार्फत म्यासेज पठाएर ओमाबालाई प्रश्न सोध्न पाउने व्यवस्था गरिएको वाइट हाउसले जनाएको छ ।
तर ओबामाले धेरै व्यक्तिका सन्देशहरु भने पढ्न छैनन् । उनले दैनिक १० वटा सन्देश पढ्ने जनाइएको छ ।
तपाईंको म्यासेज ओबामाले पढेमा फेसबुकको म्यासेज बक्समा नोटिफिकेसन आउनेछ र सन्देश पठाएका व्यक्तिले आफ्नो सन्देश ओबामाले पढेको बुझ्न सक्ने छन्।
साथीहरुलाई फेसबुकमा म्यासेज पठाएजस्तै गरेर ह्वाईट हाउसको फेसबुक पेजको म्यासेजमा क्लिक गरेर म्यासेज बक्समा सन्देश पठाउन सकिने छ। म्यासेजमा क्लिक गरेपछि ‘लेट्स गो’ भन्ने ‘अस्पसन’ आउँछ । त्यहाँ क्लिक गरेपछि तपाईंले राष्ट्रपति ओबामालाई के सोध्न चाहनुहुन्छ भन्ने म्यासेज आउनेछ । त्यसपछि ओबामालाई सोध्ने प्रश्न टाइप गरेर पठाउन सकिने छ ।












